बैंक तथा वित्तीय संस्थाका सेवा लिनुअघि शर्त तथा शुल्कका बारेमा प्रष्ट जानकारी लिन राष्ट्र बैंकले आग्रह गरेको छ । वित्तीय चेतनाका लागि जानकारी मूलक सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय सेवा शुल्कका सम्बन्धमा जानकारी नपाइए सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी समक्ष उजुरी दर्ता गर्न आग्रह गरेको छ ।
सम्बन्धित अधिकारीबाट पनि जानकारी नपाइए सिधै राष्ट्र बैंक समक्ष उजुरी गर्न आग्रह गरिएको छ ।








