गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पारित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औँ वाषिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३/२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । तीन कम्पनीबीच एक आपसमा गाभिएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *