नेशनल हाइड्रोपावले गर्यो साधारणसभा आह्वान

नेशनल हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभाका लागि आह्वान गरेको हो । सभामा लाभांश र हकप्रद प्रस्ताव गर्ने,नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने लगाएत अन्य प्रस्तावहरु समेत पेश हुने बताइएको छ ।

आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव निर्णय कम्पनिले गरेको छ । साधारणसभाले पारित गरेको लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले लाभांश वितरणपछि रहने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्नेछ । यही फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *