मुक्तिनाथ विकास बैंकले कमायो सर्वाधिक नाफा, गरिमा विकास दोस्रो बन्दा अन्य बैंकको कति ?

चालु आर्थिक वर्षको फागुनसम्म १७ वटा विकास बैंकमध्ये १२ वटामात्र खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ५ वटा बैंकले भने घाटा व्यहोरेका छन् ।

चालु आर्थिक वर्षको आठ महिनासम्म मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । मुक्तिनाथ फागुनसम्म ८७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी, सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा गरिमा विकास बैंक रहेको छ । गरिमाले फागुनसम्म ६६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

विकास बैंकहरुमा धेरै नाफा कमाउनेमा तेस्रो स्थानमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकले ५५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

महालक्ष्मी विकास बैंकले ४३ करोड ४३ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ३६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्दै क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

त्यस्तै, कामना सेवा विकास बैंकले ३२ करोड १६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २८ करोड ६२ लाख रुपैयाँ, ज्योति विकास बैंकले १७ करोड ९८ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ६ करोड ७२ लाख रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंकले १ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ४२ लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकले ७६ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो अवधिमा सप्तेकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी घाटा व्यहोरेको छ । बैंकले फागुनसम्म २५ करोड ७० लाख रुपैयाँ घाटा व्यहोरेको हो ।

एक्सेल डेभलपमेन्ट बैंकले ११ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ भने सिन्धु विकास बैंकले २ करोड ५९ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकले २ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोर्दा सालपा विकास बैंकले १ करोड ३९ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *