नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको छ। त्यसैगरी,सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ३६३.०४ बिन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। कारोबार अवधिभर २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच भएको छ । यसदिन ८७ करोड ४४ लाख १५१ हजार रुपैयाँको कारोबार भएको छ।
कुल १० वटा उपसमूहको सेयर मूल्यमा राताम्मे भएको छ भने ३ उपसमूहको सेयरको मूल्य बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये ६२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३८ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज कालिञ्चोक दर्शन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.७० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको सेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २०६.३० रुपैयाँ पुगेको छ ।




