मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि लागि बिक्री खुला भएको छ । । कम्पनीले सर्वसाधारणका लागि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ भने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष तथा २५ अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याएपछिको बाकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । त्यस्तै यस आईपीओमा छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ।




