यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *