ओलीलाई भेट्न बालकोट जाँदै देउवा र प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदैछन् ।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड र देउवा बालकोटस्थित ओली निवास जान लागेका हुन् । सोही भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने तयारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *