भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए ।




