नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चैत ३० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.४२१ प्रतिशत गरी कुल १४.९२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसैगरी, कम्पनीले माथि उल्लेखित लाभांशका अतिरिक्त हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *