सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै छापाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन ७५० रुपैयाँले घटेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत चैत ३० गते छापावाला सुन १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन छापावाला सुनको मूल्य स्थिर रहेको थियो। तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *