नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख ३ गते अन्तिम दिन रहेको छ।
संस्थाले भोलि वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म लाभांश र वार्षिक साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा यही वैशाख १५ गते धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम छुट्याइएको छैन।




