निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

बैंकहरुले बैशाखबाट ब्याजदर घटाउने घटाउने भएका छन् । बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ वैशाखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । एनबीएको निर्णयअनुसार अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको छ ।

योसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । यस्तै, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *