नेपाली बजारमा (बुधबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो।







