

नबिल बैंकले ग्राहकको खातामा गल्तीले जम्मा गरेको रकम फिर्ता गर्न माग गर्दै सूचना जारी गरेको छ ।
नबिल बैंकले ग्राहकको खातामा गल्तीले जम्मा भएको रकम फिर्ता गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ । नबिल बैंक सातदोबाटो शाखाबाट भुलवश ललितपुर महानगरपालिका वडा नं. १५ ताल्चिखेल बस्ने सम्झना सुब्बाको खातामा खातामा बढी रकम जम्मा गरेको थियो ।
बैंकले बारम्बार सम्पर्क गरी रकम फिर्ता गराउन प्रयास गर्दा पनि आनाकानी गरेको बैंकले जनाएको छ । यो विषयलाई समाधान गर्न नबिल बैंकले सुब्बालाई सूचना प्रकाशित भएको १५ दिनभित्र सातदोबाटो शाखामा तुरुन्त सम्पर्क गरी बक्यौता रकम भुक्तानी गर्न अनुरोध गर्दै सूचना प्रकाशित गरेको छ ।
उक्त रकम नतिरेमा प्रचलित कानुन बमोजिम बैंकले रकम असुल्ने कारबाही गर्ने समेत सूचनामा चेतावनी दिइएको छ । साथै व्यक्तिको चल-अचल सम्पत्तिबाट बाँकी रहेको ऋण असुलीमा खर्च गरिने बैंकले जानकारी दिएको छ ।

अर्थ सन्जाल