सुनको मूल्य ५०० ले बढ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ ।  साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैँयाले  बढेको छ  ।

शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *