सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रुकुममा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुकुमको भुमे गाउँपालिका महतमा ९२ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।  उक्त सेवा संचालनका लागि स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३  वटा एटिएम र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *