सुनको मूल्य आज पनि बढ्यो

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा एक सयले बढेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *