नेपाल टेलिकमकाे रिपीटर टावर तोडफोड हुदा तीन गाउँपालिका सम्पर्क विहीन

बझाङमा नेपाल टेलिकमको रिपिटर टावरमा तोडफोड भएको छ । टावरमा तो८फोड हुँदा लाखौं मूल्यको उपकरणहरूमा क्षति भएको छ ।

टावरमा तोडफोड भएपछि जिल्लाका तीनवटा पालिका दस दिनदेखि सम्पर्कविहीन भएका छन् । बझाङको मष्टा गाउँपालिका—६ मा पर्ने दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा माघ १७ गते तोडफोड भएको थियो । तोडफोडबाट चार्जिङमा राखिएका पाँच किलोवाट क्षमताका ५६ वटा सोलार प्यानल, २४ ब्याट्री, जक्सन बक्स, सोलार चार्जर, कन्ट्रोल बक्स, पावर केवल र अन्य उपकरणमा क्षति भएको नेपाल टेलीकमले जनाएको छ ।

मष्टा गाउँपालिका– ५ का ओखेडा थरका एक व्यक्तिले टेलिकमको टावरमा तोडफोड गरेको स्थानीयले बताए पनि हालसम्म कसैलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । तोडफोड गर्ने ओखेडा मानसिक बिरामी भएको स्थानीयबाट बुझिन आएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर कमल चौधरीले बताए ।

रिपिटर टावरमा तोडफोड भई सञ्चालन गर्न नमिल्ने भएपछि बझाङका मष्टा, तलकोट र साइपाल गाउँपालिका सम्पर्कबाट विच्छेद भएका छन् ।

टेलिफोन नहुँदा सबैभन्दा बढी समस्या साइपाल गाउँपालिकाका स्थानीयलाई भएको छ । टेलिफोन सम्पर्क विच्छेद भएपछि यहाँ रहेका सीमा प्रहरी चौकी धुली र लासी प्रहरी पनि १० दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *