विनोद चौधरीको सम्पत्ति १ वर्षमा करिब ४० अर्बले बढ्यो

काठमाडौं । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्ब रुपैयाँले बढेको छ । फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको सूचीमा चौधरी १ हजार ६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष सन् २०२२ मा उनी १ हजार ९६५ औं स्थानमा थिए ।

शीर्ष स्थानमा फ्रान्सका बेनार्ड अल्नार्ड छन् भने दोस्रो स्थानमा एलन मस्क रहेका छन् । फोब्र्सका अनुसार अर्बपतिहरूको सम्पत्ति अहिले १ सय २२ खर्ब डलर (१२ दशमलव २ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलरले घटेको हो ।

फोब्र्सका अनुसार विश्वका दोस्रो धनी व्यक्तिका रूपमा रहेका टेस्ला कम्पनी र ट्वीटरका मालिक एलन मस्कसहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *