अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

ब्रोकर लाइसेन्स नियमावली संशोधन ऐनको परिधिभित्र छ : सर्वोच्च

  • अर्थ सन्जाल
  • २३ चैत्र २०७९, बिहीबार ०७:१४


काठमाडौं। सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्र रहेको ठहर गरेको छ ।

सीमित व्यापारिक घराना लाभान्वित हुनेगरी योजनाबद्ध रूपमा नयाँ लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी नियमावलीहरू संशोधनका प्रावधान संविधानसँग प्रत्यक्ष बाझिएकाले प्रारम्भदेखि नै अमान्य र बदर गर्न माग गर्दै अधिवक्ता अमृत खरेलको वारेस भई इन्द्रबहादुर बानियाँले सर्वोच्चको संवैधानिक इजलासमा रिट दिएका थिए ।

सो रिटमा १३ पुसमा सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संवैधानिक इजलासले रिट खारेज हुने फैसला गरेको थियो । सो फैसलाको पूर्णपाठ गत साता मात्रै सार्वजनिक भएको छ ।

संवैधानिक इजलासले रिट खारेज गरे पनि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका विषयमा निर्देशनात्मक आदेश दिएको छ । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘निवेदकले चुनौती दिएका नियमहरूले मूलतः नयाँ दर्ता भई सञ्चालनमा आउने धितोपत्र बजारको पुँजी संरचना, सोमा प्राइभेट कम्पनीको हिस्सा, सेयर स्वामित्वको अधिकतम सीमा, धितोपत्र बजारले जारी गर्ने सेयरको प्राथमिक सार्वजनिक निष्कासन, धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया सम्बन्धमा व्यवस्था गरेको देखियो, ती व्यवस्था धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्रका विषय रहेको र ऐनमा भएका विषय कार्यान्वनय गर्न नै ऐनको दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नियमहरू बनाएको देखिन्छ ।’

सर्वोच्चको यस आदेशले नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकतानुसार नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदन माग गर्नेगरी नियमावली संशोधन गर्न बाधा नरहेको भन्दै बोर्डलाई बाटो खुला गरिदिएको छ । संवैधानिक इजलासले स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स अहिलेको बजारको आवश्यकता हो कि होइन भन्ने विषयमा सर्वोच्चकै संयुक्त इजलासले फैसला गर्नसक्ने र त्यस्ता विषय संवैधानिक इजलासमा छलफल हुन नपर्ने भनेको छ ।

‘नेपालको संविधानसँग बाझिएको भनी उल्लेख गरेका नियमावलीको व्यवस्थाको संवैधानिकता परीक्षण गरी अमान्य र बदर गरिरहनुपर्ने देखिँदैन,’ आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा उठाइएका विषयवस्तुमध्ये नियमावलीका संशोधित व्यवस्था धितोपत्रसम्बन्धी ऐनसँग बाझिएको भन्ने विषय र नेपालमा थप धितोपत्र बजार सञ्चालनको अनुमति तथा थप धितोपत्र व्यवसायीको अनुमतिपत्र प्रदान गर्नेसम्बन्धी विषय यस अदालतको संयुक्त इजलासमा विचाराधीन रहेको निवेदक दीपकविक्रम मिश्र प्रत्यर्थी नेपाल धितोपत्र बोर्डसमेत रहेको रिट निवेदनबाट नै सम्बोधन हुने देखिन्छ ।’राजधानी दैनिकबाट

Artha Sanjal
मिती : २३ चैत्र २०७९, बिहीबार ०७:१४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा

चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

सरकारी जागिर २४ वर्ष : ४ करोडभन्दा बढी गैरकानुनी आम्दानी

आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन

ताजा समाचार

  1. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  2. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख
  3. सरकारी जागिर २४ वर्ष : ४ करोडभन्दा बढी गैरकानुनी आम्दानी
  4. आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन
  5. सिद्धार्थ बैंकका ग्राहकलाई ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्डमा छुट
  6. एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु. १ हजारको क्यासब्याक
  7. हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

विजनेश फोकस

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्...

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला, कति प...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.