नेप्से परिसूचक आज ११.९६ अंकले घटेर २८०१.५६ अंकमा पुगेको छ । बुधबार २२.६ अंकले घटेको नेप्से आज पनि ओरालो लागेको छ।
आज २२७ कम्पनीका ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम ३ अर्ब ८२ करोड ९५ लाख पुगेको छ ।
बुधबारको तुलनामा आज कारोबार रकम भने बढेको सामान्य रुपमा बढेको हो । आज नेपाल टेलिकमको कारोबार सबैभन्दा धेरै भएको छ नेप्सेले जनाएको छ।
Artha Sanjal






