लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब उन्नाइस करोड अठासी लाख नब्बे हजारको १० प्रतिशतले हुन आउने एघार करोड अन्ठानब्बे लाख उनानब्बे हजार लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कायम चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।