मिटरब्याज पीडितको प्रदर्शनमा रवि लामिछाने पनि सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता जनाएका छन् । लामिछानेले माइतीघरमा पुगेर मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलेसरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका छन् । उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए ।

११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उनले मिटरब्याजको समस्या तत्काल समाधान गर्न सरकारसँग माग समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *