राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितले गरे नाराबाजी

मिटर ब्याज पीडितहरुले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध उनीहरुले नाराबाजी गरेका हुन् ।

मिटर ब्याज पीडितहरुले ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *