

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रतिग्राहक १० लाख वा शंकास्पद कारोबारको विवरण बुझाउनपर्ने व्यवस्था हटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत परिपत्र जारी गर्दै यसअघि आफ्नो वित्तीय जानकारी एकाइमा उपलब्ध गराउनुपर्ने सो व्यवस्थालाई हटाएको हो।
यसअघि विप्रेषण गरी ल्याएको विदेशी मुद्रा र भुक्तानी गरेको रकमको विस्तृत विवरण अद्यावधिक रूपमा राख्नु पर्थ्यो। प्रतिग्राहक १० लाख रुपैयाँ वा शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी एकाइमा उपलब्ध गराउनु पर्ने व्यवस्था थियो।
यो व्यवस्था हटाएसँगै अब १० लाख बढी कारोबारको जानकारी राष्ट्र बैंकमा पठाउनु पर्ने छैन। त्यस्तै राष्ट्र बैंकले यसअघि रहेको इजाजतपत्रका लागि सुरुमा २५ हजार रुपैयाँ जम्मा गरी सोको भौचरसहित निवेदन पेस गर्नुपर्ने व्यवस्था पनि हटाएको छ।

अर्थ सन्जाल