दुई म्युचुअल फण्डलाई इकाई बिक्री गर्न बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई नयाँ म्युचुअल फण्डलाई इकाई निष्काशन गर्न स्वीकृति दिएको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्कासन गर्न अनुमति पाएका हुन् ।

सिटजिन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्काशन गर्नका लागि चैत ५ गते स्वीकृति पाएको हो ।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै यो योजनाले रू. १० अंकित दरका कुल १० करोड बराबरको इकाई विक्री खुला गर्नेछ ।

त्यस्तै आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्काशन गर्न चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै योजनाले रू. १० अंकित दरका कुल १२ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ । यी दुवै बन्दमुखी योजना हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *