राष्ट्र बैंकले बैंकरहरुसँग समसामयिक विषयमा छलफल गर्दै

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ‘समसामयिक विषयमा’ छलफल गर्ने भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंकका सीईओहरुसँग खराब कर्जाका विषयमा छलफल गर्ने भएको हो।

छलफल आज दिउँसो ३ बजे याक एन्ड यती होटेलमा हुने बुझिएको छ । छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरुलगायतका उच्च अधिकारीहरु सहभागी हुने बताइएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको छ भने ऋण उठ्न छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *