पत्रकार विश्वमणि सुवेदी पक्राउ

काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ ।

नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन भएको थियो । सोही विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *