दोहोरो अंकले बढ्याे नेप्से, कारोबारमा पनि सुधार

सेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ। आज नेप्से १७.१७ अंकले बढेर एक हजार ९ सय ६ विन्दुमा पुगेको हो । आइतबार नेप्से २६.८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको थियो ।

नेप्सेमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १६७ कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३०.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९७ रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य १० प्रतिशतले घटेको छ । आजै यस संस्थाको लाभांशमा राष्ट्र बैंकले कैची लगाएको सूचना सार्वजनिक भएको थियो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ५ करोड ९० लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *