चैत पहिलो सातामै ८ सहकारी कालोसूचीमा (नामावलीसहित)

पछिल्लो समय देशमा वित्तीय संकट चुलिएको छ । एकपछि अर्को गरी कालोसूचीमा पर्ने व्यक्ति तथा संस्था बढिरहेका छन् ।

त्यसमा पनि लघुवित्त र सहकारी क्षेत्रमा समस्या चुलिएका छन् । लघुवित्तविरुद्ध ऋणीहरु आन्दोलनरत छन् । सहकारीमा पनि समस्या देखिएको भन्दै बचतकर्ता बचत फिर्ता माग्दै पुगेका छन् ।

चैत पहिलो सातामा मात्रै ८ वटा सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले चैत ८ गतेसम्म ८ वटा सहकारीलाई कालोसूचीमा राखेको हो ।

यसरी कालोसूची पर्ने सहकारीहरूमा जेष्ठ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था, एकता समूह बचत तथा ऋण सहकारी संस्था, उत्तम सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, शिखरचुली सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, रामदेवी बचत तथा ऋण सहकारी संस्था र गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।

जेष्ठ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको सञ्चालकमा इन्दिरा अधिकारी, मधुसुधन पाठक र राजा तुलाधर छन् ।

त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालकमा केन्द्र नाथ शर्मा र मन्दिप खवास छन् ।

एकता समूह बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा गिरिजादेवी कोइरिन, मोहन प्रसाद कुशहवा, पन्ना लाल महतो कोइरी, राम लाल महतो कोइरी र शोशिला देबी छन् ।

उत्तम सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा दुर्गा राज न्यौपाने र लक्ष्मी श्रेष्ठ छन् ।

शिखरचुली सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा गंगा महर्जन, जमुना महर्जन र सञ्जु श्रेष्ठ छन् ।

पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा अर्जुन बास्ताकोटी, भुवन सापकोटा, धिरेन्द्र बराल, मंगल बहादुर तामाङ, पूरान रावल, पुष्पा बाबु पाण्डे, राज कुमार शाह र राकेश ज्याखो छन् ।

रामदेवी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा चेत बहादुर गुरुङ, दिपक अर्याल, कुलबहादुर गोदार, लक्ष्मी कुमारी शर्मा, नारायण प्रसाद सुवेदी, राम बहादुर गुरुङ र सूर्य प्रसाद लामिछाने छन्  ।

त्यसैगरी, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा सन्देश राई, सिर्जना कुँवर र युवराज बोहोरा छन् ।

कर्जा सूचना केन्द्रले फागुन महिनामा १४ वटा सहकारी संस्थालाई कालोसूचीमा राखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *