नेप्सेमा दोहोरो अंकको गिरावट, १३ वटै सूचक राताम्मे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले घटेको छ । आज नेप्से १८.१५ अंकले घटेर १९१५.१५ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.९० अंकले घटेर ३६१.०१ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ४१ करोड ३१ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन्। आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२१ रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।

त्यसैगरी,  नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।  कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशयिा बैंकको भएको छ । यस कम्पनीको आज २१ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *