सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ ८ गते बाँडफाँट हुँने

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ (चैत ८ गते) बुधवार बाँडफाँट गर्ने भएकाे छ । बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ।

कम्पनीको आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । तीमध्ये ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।

कम्पनीले फागुन २६ देखि ३० गतेसम्म जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासनका गरेको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकेको छ । बाँकी ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेकोे हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *