रवि लामिछानलेविरुद्ध मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णय

महान्यायाधिवक्ताको कार्यालयले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सवालमा लामिछानेले आफ्नो मुद्दा नचलाउने निर्णय हुनुपर्ने लबिङ गरेका थिए । सोमबार पनि सभापति लामिछाने र संसदीय दलका कार्यवाहक नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्री प्रचण्ड र महान्यायाधिवक्ता पोखरेललाई दबाब दिएका थिए । सोमबार अर्याल महान्यायाधिवक्ता पोखरेललाई भेट्न कार्यकक्षमा नै पुगेका थिए ।

अमेरिकी नागरिकका हैसियतमा नेपाल आएर राहदानी लिएको भएपनि लामिछानेलाई मुद्दा नलाग्ने निर्णय जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले गरेका थिए । जिल्ला र उच्च अदालतको प्रतिवेदन महान्यायाधिक्ताकहाँ पुगेपछि सोमबार त्यहाँबाट पनि मुद्दा नचल्ने निर्णय भएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *