घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन

भोलि मंगलवार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवार एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहे तापनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी ९ईसीसी०, आरटीजीएस लगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *