एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै बैंकले आफ्नो नाममा रहेको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्रको आह्वान गरेको हो ।
बैंकले आफ्नो नाममा दर्ता कायम रहेको लेखनाथ कास्की, नवलपरासी, नेपालगञ्ज, रौतहट, कपिलवस्तु, बर्दिया, मोरङ, ताप्लेजुङ लगायतका विभिन्न स्थानमा रहेको गैर बैंकिङ्ग सम्पति लिलामीमा गर्न लागेको हो । बैंकले देशभरीबाट ३४ वटा स्थिर सम्पति बिक्री गर्न लागेको छ ।
बैंकले उक्त सम्पति खरिद गर्न चाहाने इच्छुकले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग, राधाभवन, त्रिपुरेश्वरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने जनाएको छ ।





