यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यस क्रममा यूएईका आसिफ खानले १ शतक प्रहार गरे।

यूएईका आशिफ खानले ४१ बलमै शतक पूरा गरे भने अर्का ब्याटर विर्त्या अरविन्द शतकबाट ४ रनले चुके। अरविन्दले १३७ बलमा ९४ रन बनाए।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछानेले र ललित राजवंशील र सोमपाल कामीले १-१ विकेट लिए।

आज सन्दीप लामिछाने निकै महँगो सावित भए । जम्मा १ विकेट लिएका उनले ८० रन दिए । त्यस्तै सोमपाल कामीले ७४ रन खर्चिएर एक विकेट लिए। त्यस्तै गुलसन झाले ६३ रन सुम्पिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *