ग्लोबल आइएमई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

ग्लोबल आइएमई बैंकले चैत्र १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैतमा घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

जसअनुसार बैंकले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै निक्षेपमा ९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकले कल डिपोजिटमा ३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै ग्लोबल एनआरएन एफसिवाइ फिक्स डिपोजिटअन्तर्गत न्युनतम ३.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

कर्जाअन्तर्गत बैंकले न्युनतम २ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *