आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *