अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै टुटेको छ । अमेरिका निवासी उनका श्रीमान् आशिष गेलालले सोमबार झापाकी समीक्षा बिमलीसँग अर्को विवाह गरेका हुन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको हो ।
केही समयको प्रेमपछि वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । उनले पनि सामाजिक सञ्जाल मार्फत विवाह सार्वजनिक गरेकी थिइन् ।विवाह लगतै आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर पोस्ट गरेकी थिइन् ।
तर नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्काेलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको बुझिएको छ। वर्षाले इन्स्टाग्रामबाट विवाहको फोटोसमेत डिलिट गरेपछि उनीहरुको सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो ।







