लगातार बढेकाे सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा सुनचाँदीको मूल्य (बुधबार) स्थिर रहेकाे  छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो। योसँगै  छापावाला  सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *