आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यशाली ५ जनाले पाए ११ कित्ता सेयर

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म आईपीओ बिक्री गरेको थियो । तोकिएको अवधिभित्र कुल १५ लाख ३८ हजार ४६६ जनाले १ करोड ६८ लाख १३ लाख १८० कित्ता सेयर खरीद माग गर्दै आवेदन दिएको थिए । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये २ हजार २०३ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ । यी बाहेक योग्य १५ लाख ३६ हजार २६३ जना आवेदकलाई आईपीओ बाँडफाँटमा सहभागी गराईएको हो ।

योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएकोमा भाग्यमानी १६ हजार ९७६ जनाले मात्र सेयर प्राप्त गरेका छन् । पहिलो चरणमा १६ हजार ९७६ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप एक कित्ताका दरले ११ कित्ता सेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको थियो ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा २० हजार ३३८ कित्ता आईपीओ बाँडफाँट गरेको कम्पनीले ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *