साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै १ हजार ७०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार मूल्य स्थिर, चाँदी तोलाको १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।




