राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेसपाको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

नेसपाको आज बसेको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।नेसपाका सङ्घीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *