नेप्सेमा साताको कारोबारको दोस्रो दिन आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४८ अंकले घटेर दुई हजार ८ सय ७१ दशमलब ५ विन्दुमा रोकिएको हो । आइतबार नेप्से १०५.५५ अंकले बढेर दुई हजार ८ सय ८५ दशमलब ५३ विन्दुमा पुगेको थियो । आज कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ५ अर्ब १५ करोड ४७ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ६ अर्ब ३२ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।
Artha Sanjal






