बुधबार ३३.५७ अंकले बढ्यो नेप्से, एक अर्ब ८० करोडको कारोबार

आज नेप्सेमा दोहोरो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ४.८१ अंकले घटेर ३९६.३४ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६९ कम्पनीको ४७ लाख ८९ हजार ७९६ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ८० करोड ३२ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये १० वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ३ वटा समूहको सेयर मूल्य घटेको छ ।

यसदिन १६५ कम्पनीको सेयर मूल्य बढेको छ, भने ४९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज विर्टी इनर्जी कम्पनीको सेयरमूल्य ९.८० अंकले बढेर प्रतिकित्ता २८८.८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, छ्याङदी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता ३६८ रुपैयाँ पुगेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको हो ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *