बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन ग्लोबल आइएमई बैंकको आग्रह

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आव २०८०/८१ को मुनाफाबाट घोषणा गरिएको ५.५ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। यसका लागि बैंकले सेयरधनीहरुलाई एक विशेष मितिसम्म करको रकम बैंक खातामा जम्मा गर्न अनुरोध गरेको हो।

ग्लोबल आइएमई बैंक र साबिकको बैंक अफ काठमाण्डू मर्ज भई ग्लोलब आइएमई बैंक लिमिटेडको नामबाट विसं २०७९ पुस २५ गतेदेखि एकिकृत कारोबार सञ्चालन गरेको हुदा गाभिएको मितिसम्म कायम रहेका सेयरधनीहरुलाई गाभिएको मितिदेखि दुई वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको तर गाभिई एकीकृत कारोबार भएको मिति पश्चात् ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा प्रयोजनको लागि सेयर दाखिला खारेज बन्द मिति २०८१ मंसिर ९ गते भन्दा अघिल्लो दिनसम्म भएको सेयर कारोबारबाट प्राप्त सेयरको लाभांशमा कर लाग्ने हुँदा सो अवधिमा कारोबार गरि सेयर धारण गर्ने सेयरधनीहरुले बोनस सेयरको ५ प्रतिशत कर बापतको रकम जम्मा गर्नुपर्नेछ ।

यस रकमलाई ग्लोबल आइएमई बैंकको खाता (०००७५३०५२४०४७)मा जम्मा गर्नुपर्नेछ र रकम जम्मा भएपछि मात्र उक्त बोनस सेयर हितग्राही खातामा जम्मा गरिने बैंकले जानकारी दिएको छ ।

सेयरधनीहरूले कर बापतको रकम बैंक खातामा जम्मा गर्दा आफ्नो हितग्राही खाता नम्बर, पुरा नाम र सम्पर्क नम्बर विवरणमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । साथै, रकम जम्मा गरेपछि बैंक भौचर र सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको इमेलमार्फत पनि पठाउन सकिनेछ ।

बैंकले सेयरधनीलाई समयमै रकम जम्मा गर्न आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *