साधरण एक्स–रेका लागि समेत अर्को जिल्ला जानुपर्ने मनाङवासीकाे वाध्यता

 सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म उपचार सम्भव छैन ।

जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था नहुँदा सामान्य रोग लाग्दा समेत काह्य जिल जानुपर्ने बाध्यता रहेको छ । मनाङ भौगोलिक रुपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न समस्या रहेको छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने समस्या हलगर्न सम्बन्धित निकायलाई स्थानीयवासीको गुनासो गरेका छन् । सामान्य चोटपटक लागेपछि उपचारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता हिमाली जिल्ला मनाङका स्थानीयले खेपिरहेको अवस्थामा राज्यले ध्यान दिन जरुरी दरहेको छ ।

साधरण एक्स–रे, भिडियो एक्स–रे लगायतका प्राविधिक सेवा अहिले सम्म मनाङमा उपलब्ध छैनन् । यसले गर्दा यहाँ कुनै चोटपटक लागेका व्यक्ति पनि दुई÷तीन दिन लगाएर छिमेकी जिल्ला पुगेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । सामान्य देखिएका चोटपटकको उपचारका लागि जिल्लामा मेसिन उपलब्ध रहेपनि उपयोग भने नभएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । जिल्लाको एउटा मात्रै अस्पतालमा पनि सामान्य सेवा प्रवाह गर्न मुस्किल भएको उनको भनाइ छ ।

अस्पतालमा आवश्यक चिकित्सक पनि उपलब्ध नहुँदा अस्पतालमा उपलब्ध सामग्री उपयोग गर्न नसकिएको बताउँदै यस विषयमा सम्बन्धित निकाय समक्ष समेत जानकारी गराएको आचार्यले बताए ।

विकट जिल्ला भीरपाखामा काम गर्ने कामदार तथा स्थानीयमा चोटपटक लागेमा अस्पतालसम्म पुर्याए पनि आवश्यक उपचार पाउन नसकेर अन्यत्र जिल्ला पुर्याउन सकिएन भने ज्यान जान सक्ने अवस्था रहेको छ । अस्पतालमा आएका बिरामीलाई सामान्यबाहेक अन्य सेवा पर्वाह गर्न नसकेको उनले बताए।

मनाङवासीलाई समय हेलिकप्टर चाटर्ड गरेर मात्रै उपचारको पहुँचमा पुग्न सक्ने अवस्था रहेको छ । मौसम अनुकूल नभएको अवस्थामा ज्यान नै जान सक्ने खतरा समेत रहेको छ । यस्तो जोखिमबाट जोगाउने उद्देश्यले प्रदेश, सङ्घ तथा स्थानीय सरकार समक्ष पहल गरिरहेको आचार्यले बताए ।

.समयमै सम्बन्धित निकाय सचेत भइदिएमा जिल्लावासीलाई यहीँ नै सहज रुपमा उपचार सेवा दिन सकिनेउनले बताए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले स्वास्थ्य सेवा सहज बनाउन स्थानीय सरकारसँग पनि समन्वय भइरहेको बताए । जिल्लाका स्थानीय सरकारले पनि प्रदेश र सङ्घीय सरकारलाई यसका लागि दबाब दिएका छन् । जिल्ला अस्पतालमा प्राविधिकको आवश्यकता रहेको र अस्पतालमा मेसिन मात्रै जडान गरेर नहुने भएकाले मेसीन चलाउने प्राविधिकको आवश्यकता रहेको बताउँदै उनले यसका लागि प्रदेश सरकारसमक्ष जिललाले गुनासो राखेको बताए । तर मनाङ विकट जिल्ला भएकाले कर्मचारी आउन नचाहेको जस्तो र स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापन गरोस् भनेर अपिल गरिरहेको उनले बताए । छिट्टै प्राविधिकको व्यवस्थापन गर्ने काममा लाग्ने उनको भनाइ छ ।

स्थानीय सरकारले पटकपटक जिल्लामा कम्तीमा आधारभूत स्वास्थ्य सेवा सहज बनाउन प्रदेश र सङ्घीय सरकारसमक्ष आग्रह गरिरहेको जनाउँदै आएका छन् । समयमा सम्बन्धित निकायको ध्यान पुगेमा मनाङवासीको सकसपूर्ण सडकमार्फत अर्को जिल्लामा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *