कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।
उनले सोमबार कार्यभार सम्हाल्दै छन् । गुरुङ सिभिल बैंकका पुर्व सिइओ हुन भने पछिल्लो समय म्यानमार सिटिजन बैंकमा सिइओको रुपमा कार्यरत थिए ।
गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।




