हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्।

बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि पनि हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत रहिसकेका छन्।

अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेको अनुभव हासिल गरेका छन्। उनी नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन्।

यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। सोही रिक्त पदमा अर्याललाई नियुक्त गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *